Saturday, January 2, 2010

नेपाली फन्ट


नमस्ते! म शैलेन्द्र बजगाईं । मैले केही नेपाली फन्टहरू बनाई ईन्टरनेट (https://sites.google.com/site/nepalifonts/)मा राख्ने प्रयास गरेको छु । तपाई यस साईटबाट तपाईं मैले बनाएका नेपाली फन्टहरु निःशुल्क डाउनलोड गर्न सक्नुहुनेछ । यसका लागि तपाईंले यस पेजको सबै भन्दा तल रहेको नेपाली फन्ट डाउनलोड गर्ने थलोमा क्लिक गर्नु पर्नेछ ।यहाँ सजिलोको लागि मैले बनाएको फन्टको शर्टकट की (Shortcut Key) तथा कीबोर्ड लेआउट (Keyboard Layout) पनि राखिएको छ । यी सबै फन्टहरुको शर्टकट की (Shortcut Key) एक-अर्कोमा मिल्छन् साथै शर्टकट की (Shortcut Key) हरु लोकप्रिय नेपाली फन्ट प्रीतिसँग मिल्ने भएकोले Type गर्न सजिलो हुनेछ भन्ने आशा राखेको छु, तर यी फन्टहरुमा नेपाली फन्ट प्रीतिमा भन्दा बढी अक्षर तथा चिन्हहरू उपलब्ध छन् (कृपया फन्ट ईन्स्टल पश्चात् "Start>All Programme>Accessories>System Tools> Character Map" हेर्नुहोला) । जस्तैः प्रीतीमा हामी महत्त्वपूर्ण सहि रूपमा लेख्न सक्दैनौं। यसको सट्टा हामी प्रीतिमा अक्षर अभावको कारण "महत्वपूर्ण " लेख्ने गर्छौं, जुन नेपालीको व्याकरण अनुसार गलत हो । तर केबिना नर्मल (Kebina Normal) लगायत मैले तयार गरेका अन्य नेपाली फन्टहरूमा तपाई अन्य धेरै नेपाली अक्षरहरू पाउनु हुनेछ, (कृपया नेपाली फन्ट डाउनलोड गर्ने थलोबाट 1. Keystrokes of Aama Textual and Preeti Nepali fonts.pdf फाईल डाउनलोड गरी हेर्नुहोस्) जसको प्रयोगले भाषिक अशुद्धतामा कमी ल्याउन सकियोस् ।
मैले एक्सेलमा गणितिय हिसाब गर्नको लागि उपयुक्त हुने केबिना म्याथ (Kebina Math) नेपाली फन्ट पनि बनाएको छु । जुन फन्ट प्रयोग गरेर तपाई अङ्ग्रेजी फन्ट, Arial, Times New Roman, आदिमा जस्तै जोड, घटाऊ, गुणन, तथा भाग सम्बन्धी काम गर्न सक्नुहुनेछ । यसका साथै आमा१२३, सानुअंक, केबिना म्याथ, शैलुअंक आदी नेपाली फन्ट प्रयोग गरेर पनि तपाईं गणितय हिशाब गर्न सक्नुहुनेछ । मैले बनाएको नेपाली फन्ट प्रयोग गर्नु भएकोमा धन्यवाद । तपाईंको सुझाब तथा प्रतिकृयाको सधैँ स्वागत छ ।तलको ईमेल ठेगानामा आफ्नो सुझाव तथा प्रतिक्रियाहरू पठाई सहयोग गरी दिनु हुनेछ ।
र अन्त्यमा, मैले मेरा शुभेच्छुक तथा नेपाली यूनीकोड प्रयोग कर्ताको सुविधाको लागि नेपाली यूनीकोड डाउनलोड गर्ने थलो थप गरेको छु । आशा छ मेरो यो प्रयास तपाईंको लागि उपयोगी हुनेछ ।

सुझाब तथा प्रतिकृयाको लागि ईमेल: shailendra.bajagai@gmail.com